मंगलबार, ११ वैशाख २०८१

यस्तो छ, अमेरिका र उत्तर कोरियालाई मिलाउने राष्ट्रसंघीय पूर्व महासचिव मुनको सुत्र 

समयपोष्ट २०७४ असोज ११ गते ७:५४

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछिको अवस्था अत्यन्तै खतरापूर्ण रहेकोले यसको समाधानमा सुझबुझ अपनाउन आग्रह गरेका छन् । 

Advertisement

उनले भने– परिस्थिति पहिलेको जस्तो छैन, अहिलेको झनभन्दा झन खतरा बढ्दैछ, यसको समाधानमा संयमता अपनाउनु जरुरी छ । उनले कुनै पनि आकस्मिक द्वन्द्व वा झडपको अवस्था नआओस र शान्तिपूर्ण रुपले यो समस्याको समाधान होस् भनेर यसका सरोकारवालाहरुले सोच्नुपर्नेमा जोड दिए । 

दक्षिण कोरियाको एक निजी क्षेत्रको व्यापारिक संस्था फेडरेशन अफ कोरियन इन्डस्ट्रिजले राजधानी सोलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् । 

उनले भने – सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दुई कोरियाका बीचका कैयौँ उतार चढावहरु आएका छन्, कतिपयले त्यसलाई खतराको रुपमा पनि लिए तर सबैभन्दा ठूलो खतरा भने यतिबेला आएको छ । 

उनले यस्तो अवस्था यसअघि कहिल्यै नआएको र यतिबेला युद्धकै अवस्था देखिएको भन्दै यसलाई द्वन्द्वमा नभएर शान्तिमा र शान्तिपूर्ण समस्या समाधानमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । 

1482746768_ccc

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो । यसलाई बान कि मुनले अत्यन्तै खतराको संकेत भनेका छन । यसरी हाइड्रोजन बमको परीक्षण गर्ने कामलाई सामान्य रुपले लिनु हुँदैन र यसको समाधान हतियार नै हो भनेर खोजिनु पनि हुँदैन– उनकोभनाई थियो । 

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएकोले यसबाट आगामी दिनमा खतरा झन नथपियोस् भनेर प्रार्थना गर्नुपर्ने उनको भनाई थियो । उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बमभन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । 

उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित भएपछि संसारमा निकै ठूलो त्रास फैलिएको छ । उता उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी समेत दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका  थिए । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकाले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए । 

यता उत्तर कोरियाले पुनः आणविक परीक्षणको धम्की दिने र उता अमेरिकी राष्ट्रपतिले झन शान्तिपूर्ण समाधान होइन कि उत्तर कोरियालाई ध्वस्त पार्नुपर्छ भन्नेजस्ता अभिव्यक्ति आएकोले पूर्व महासचिव बान कि मुनको पनि यो प्रतिक्रिया आएको हो । 

donald-trump-north-korea-nuclear-war-showdown-933x445-750x400

फेरि अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने धम्की दिएको हो । उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गरेको  र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिएका हुन । त्यसैले यो द्वन्द्वको शृंखलालाई अरु बढ्न नदिई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गरेकोसमाचारमा जनाइएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिएका थिए । उनले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्को नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताएका थिए । उत्तर अमेरिकाले सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुने र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिने जानकारी उत्तर अमेरिकाले दिएको छ । राससरएएफपी
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री