शुक्रबार, १४ वैशाख २०८१

४८.८ मेगावाटको खिम्ती २ आयोजनाको लागि १० बाणिज्य बैंकले साढे ६ अर्ब कर्जा लगानी गर्ने

समयपोष्ट २०७४ असोज ९ गते ५:५१

पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८. ८० मेगावाटको खिम्ती–२ आयोजनाका लागि  दश बाणिज्य बैंकले लगानी गर्ने भएका छन् । सानिमा बैंकको नेतृत्वमा सिद्धार्थ बैंक, नविल बैंक, जनता बैंक, एनआर्इसी  एशिया बैक, एनएमबि बैंक,बैंक अफ काठमाडौं, सिभिल बैंक, ग्लोबल आइएमइ बैंक र एनसीसी बैंकले साढे ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गर्ने भएका हुन् । 

Advertisement

आइतबार प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र आयोजनामा लगानी गर्न नेतृत्व गरेको सानिमा बैंकबीच ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भयो ।  सम्झौतामा बैंकको तर्फबाट सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पिपल्सका अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरे

पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातल गा.वि.समा निमार्ण गर्न लागेको यो आयोजनाले ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । यो आयोजनको सुख्खा समयमा साढे ४ करोड युनिट क्षमता रहेको छ भने बर्षा समयमा २१ करोड युनिट विद्युत उत्पादन क्षमता छ । आयोजना संचालनमा आएको पहिलो बर्ष १ अर्ब ४० करोड रुपैयाँ र बार्षिक ३ प्रतिशतका दरले ८ पटक सम्म बढ्दै जाँदा नवौं बर्षमा १० अर्ब भन्दा बढी आम्दानी पुग्ने अनुमान कम्पनीको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री