नेप्से २.८९ अंकले घट्यो, ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार
समयपोष्ट
२०७४ असोज ८ गते ९:५७
साताको पहिलो दिन नेप्से परिसुचक २.८९ अंकले घटेर १५३६.९२ अंकमा झरेको छ । आज १५० कम्पनीका ९९ सय लाख कित्ता सेयर ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् ।
यसदिन सबैभन्दा बढी नेपाल क्रेडिट एण्ट कमर्सिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । यसदिन उपसुचकहरु मिश्रित देखिएका छन् । यसदिन बाणिज्य बैंक, ब्यापार,विकास बैंक, र अन्य समुह उपसुचकहरु राता देखिएका छन् भने होटल ,जलविद्युत,फाईनान्स र विमाका उपसुचकहरु हरिया भएका छन् । बाणिज्य बैंक ४.९८ ,ब्यापार १५.२९,विकास बैंक ५.७, अन्य समुह १.७३ अंकले घटेका छन् । त्यस्तै होटल ३७.६४,जलविद्युत १.०८,फाईनान्स ४.२६,बिमा १०.१४ अंकले बढेका छन् ।
प्रतिक्रिया