शुक्रबार, ७ वैशाख २०८१

मेक्सिकोमा भूकम्प जाने क्रम रोकिएन , पुन: शक्तिशाली भूकम्प

समयपोष्ट २०७४ असोज ८ गते ६:१७

मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । 

Advertisement

केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ । 

मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ । 

गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री