बुधबार, २६ वैशाख २०८१

“नेपालमा लगानी र विकासका अथाह सम्भावना छन्, लगानी गर्नुस् सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार छ ।” 

समयपोष्ट २०७४ असोज ८ गते ६:०२

भीष्मराज ओझा 

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन् । 

नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा उनले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहने बताएका छन् । 

प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै भने, “नेपालमा लगानी र विकासका अथाह सम्भावना छन्, लगानी गर्नुस् सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार छ ।” 

नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपालको नीति लगानीमैत्री भएको अवगत गराए । उनले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकार सुनिश्चित गरेको चर्चा गरे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री