शनिबार, १५ वैशाख २०८१

हेर्नुस्,एक सय स्थानीय तहसहित एक हजार नौ वडामा कसले कति जिते 

समयपोष्ट २०७४ असोज ७ गते ७:१२

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । 

Advertisement

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट आज बिहान ११ बजे प्राप्त विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३२, नेकपा ९एमाले० ११, नेकपा ९माओवादी केन्द्र० १८, राष्ट्रिय जनता पार्टी नेपाल १५, संघीय समाजवादी फोरम नेपाल १९, नेपाल लोकतान्त्रिक फोरम तीन, नयाँ शक्ति पार्टी नेपाल एक र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन । 

यसैगरी, अहिलेसम्म एक हजार नौ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ । मतगणना बाँकी रहेका ३६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री