शनिबार, ८ वैशाख २०८१

माओवादी केन्द्रद्वारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट

समयपोष्ट २०७४ असोज ६ गते ३:१५

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा ९माओवादी केन्द्र० गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । 

Advertisement

गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ । त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ । 

यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ । 

प्रतिनिधिसभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ । 

यस्तै, माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं १ को प्रदेश नं १ को प्रत्यक्षतर्फ नेताहरु लेखबहादुर थापा, माया चेपाङ, जानुका पौडेल र समानुपातिकतर्फ हितमान सुर्खेती, अकुर तिमिल्सिना, गीता गहतराज, डिलबहादुर सेन्चुरीको नाम प्रस्ताव गरेको छ । 

क्षेत्र नं १ को प्रदेश नं २ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ नेताहरु ऋषि खनाल, स्थिरप्रसाद खनाल, निमा लामाको नाम प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ सुशीला सिंखडा, ध्रुव भट्ट, गोपाल बराइलीको नाम प्रस्ताव भएको छ । 

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा–१ का लागि प्रत्यक्षतर्फ नेताहरु कमला नहर्की, विवश चिन्तन, बन्दना पाण्डे र समानुपातिकतर्फ रामबहादुर ढकाल, कञ्चन कुमाल र धना तमु छन् । 

क्षेत्र नं २ को प्रदेशसभा–२ का लागि प्रत्यक्षतर्फ नेताहरु अमर तमु, दीपक देवकोटा, भगवती तिवारी र समानुपातिकतर्फ नरबहादुर गुरुङ, मुक्ति विक, अनिता भुजेल, पूर्णकुमारी कँडेलको नाम प्रस्ताव गरिएको छ । 

प्रदेशले यी नाम हेरेपछि केन्द्रमा पठाउने र केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने जिल्ला इन्चार्ज चूडामणि खड्काले जानकारीदिए।  रासस


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री