बुधबार, १२ वैशाख २०८१

हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल

समयपोष्ट २०७४ असोज ४ गते ३:२३

मुलुककै ठुलो पाँचतारे होटल हायात को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोेजेको खुलेको छ । 
सार्वजनिक निजी साझेदारअन्र्तगत २०४९ सालमा स्थापना भएको हयातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार राशेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लागनी गरिएको थियो । 

Advertisement

कुल लागनीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ लगानी थियो ।  अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

होटल सथापना हुँदा सरकारको लगानी ३९.७७ प्रतिशत रहेकामा निजी साझेदारको चलखेलका कारण ९.०१ प्रतिशतमा खुम्चिएको छ ।नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री