मंगलबार, ११ वैशाख २०८१

भिबोर सोइसाइटी बैंक भयो सवैभन्दा ठुलो बिकास बैंक

समयपोष्ट २०७३ भदौ १७ गते १०:४४

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोर सोइसाइटी डेभलपमेन्ट बैंकबाट कारोवार शुरु भएको छ । 
नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतप्राप्त संस्थाहरुमा चुक्ता पुँजीको आधारमा यो बिकास बैंक सवैभन्दा ठुलो बैंकको रुपमा स्थापित भएको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.को चुक्ता पुँजी १ अरब ८१ करोड ५० लाख पुगेको छ । 
मर्जपछि संस्थाको कुल निक्षेप १४ अरव सात करोड, कर्जा ११ अरव एकचालिस करोड पुगेको छ भने देशभर ४२ वटा शाखा संजाल र एउटा एक्सटेन्सन काउन्टर तथा एटिएम संख्या १२ पुगेको छ

Advertisement

14183794_10206329703873199_6479877417814529738_nबैंकको संचालक समितिको अध्यक्षमा सुशिल राज पराजुली चयन भएका छन भने संचालक समितिको सदस्यमा सुशिल राज पराजुली, अशोक राज पाण्डे, डा.रुप ज्योति, हरि प्रसाद रिमाल, राजेश कुमार अग्रवाल र प्रेमराज तिवारी नियुक्ति भएका छन् । 
यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी झलक प्रसाद खनाललाई दिइएको छ । खनाल यस अघि भिबोर बैकको प्रमुख कार्यकारी अधिकृत थिए । 
 

जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही हुन्छ : गभर्नर नेपाल

शुक्रबार भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन्। उनले बैंक वित्तीय सस्थाका सञ्चालक र उच्च व्यवस्थापनलाई दायाँ नगर्न पनि चेतावनी दिए । उनले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुने बताए । 
 ‘जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,’उनले भने। नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए। 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री