बिहीबार, १५ चैत २०८०

साझाबाट दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरि बरालले दिए सामुहिक राजीनामा

समयपोष्ट २०७४ असोज २ गते १३:०१

साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिएका छन् । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएका हुन। उनिहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त नठानेकाले राजीनामा दिइएको बताए । 

Advertisement

तीनै जनाले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाए पनि मन्त्रालयबाट स्वीकृत नभएपछि आज आफैँ राजीनामा दिएका थिए ।
विज्ञप्तिमा उनिहरुले स्वयं शिक्षा मन्त्रालयबाट समेत राजीनामाका बारेमा भ्रामक समाचार आएकाले पनि साझा प्रकाशनमा बस्न उपयुक्त नहुने’ उल्लेख गरेका छन । शर्मा र नेपाललाई शिक्षा मन्त्रालयले २०७२ साल असार २४ र प्रा डा बराललाई साउन १० गते तीन वर्षका लागि साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री