बिहीबार, १३ वैशाख २०८१

सपोर्ट माइक्रोफाइनान्सको आईपिओ असोज १८ देखि

समयपोष्ट २०७४ असोज २ गते ७:२०

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता साधारण शेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मुल्यका शेयर असोज १८ देखि २३ गतेसम्म निश्कासन गर्ने भएको हो । कम्पनीको शेयरमा न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्तासम्म आवेदन दिन पाइने छ ।   

Advertisement

कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रवन्धक एनएमबि क्यपिटल रहेको छ।  कम्पनीको शेयरमा आश्वा प्रणाली मार्फत सबै बैंकहरुबाट तथा एनएमबि क्यापिटल नागपोखरी र संस्थाको कार्यालय इटहरीबाट दिन सकिन्छ ।  

कम्पनीले निष्काशन गरेको शेयरमध्ये २ प्रतिशत हुन आउने ३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत हुन आउने ९ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ। 

कम्पनीको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने चुक्ता पूँजी साधारण शेयर निष्काशनपछि छ करोड रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री