बुधबार, ३२ असार २०८२

गुरु नाकक देवजीको प्रतिकको रुपमा तयार गरिएका सिक्का सार्वजनिक

समयपोष्ट २०७६ असोज १० गते १८:४३

Advertisement

नेपाल राष्ट्र बैंकले गुरु नाकक देवजीको प्रतिकको रुपमा तयार गरेको तीन प्रकारका स्मारक सिक्का गुरु नाकक देवजीको ५५० औं जयन्तीको अवसरमा लन्च गरिएको छ।

शुक्रवार नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा ​​भएको औपचारिक समारोहमा गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा उक्त सिक्का लन्च गरेका हुन् ।

Advertisement

तीन प्रकारका नेपाली सिक्काको मुल्य १००, १००० र २५०० रहेको छ । ती सिक्का नेपाल राष्ट्र बैंकले बिक्रीका लागि खुला गरेको छ । यसले नेपालसंगको सिख समुदायको गहिरो सम्बन्ध दर्शाउन मद्दत गर्छ ।

सोही समारोहमा दुबै प्रतिष्ठित व्यक्तिले नेपालको सिख धरोहर नामक प्रकाशनको बिमोचन पनि गरे। उक्त पुस्तक बीपी कोइराला भारत नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको हो र त्यसले प्रमुख रूपमा सिख समुदयलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ। राजदूत पुरीले नेपालको सिख धरोहरको मुख्य पक्षबारे प्रस्तुति पनि गरेका थिए।

समारोहमा एस हरप्रीत सिंह, शोरोमणि गुरुद्वारा प्रभावक कमेटीका अध्यक्ष एस गोबिंद सिंह लोंगोवाल, अमृतसर, पंजाब, हरियाणा र हिमाचलको ऐतिहासिक गुरुद्वारका निर्वाचित व्यवस्थापकहरुका उपस्थित थिए।

पंजाब प्रदेशका केही प्रमुख सिख नेताहरूको पनि उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा लोकसभाका पूर्व उप(सभामुख चरणजीत सिंह अटवाल पनि सहभागी थिए। उक्त कार्यक्रममा नेपालका सिख समुदायका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपालीहरू पनि उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री