दशैँको लागि नयाँ नोट आजबाट, कहाँ कहाँ बाट पाइन्छ ?

दशैंका लागि नेपाल राष्ट्र बैङ्कले आजबाट विभिन्न स्थानबाट नयाँ नोट सटही सेवा प्रदान गरेको छ । यो सुविधा असोज १७ गतेसम्म प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

राष्ट्र बैङ्कले उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटहीको व्यवस्था मिलाइएको छ । राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरपनि यसपटक राष्ट्र बैङ्कले बालुवाटारबाटमात्रै गरेको छ ।

उपत्यकाभित्र राष्ट्र बैङ्कबाहेक नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्रबैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार, नेपाल बैङ्क लिमिटेडका उपत्यकाका ७ शाखा न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबारस्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १७ गतेसम्म सेवाग्राहीले नयाँ नोट लिनसक्नेछन् ।

Advertisement

उपत्यकाभित्र राष्ट्र बैङ्कबाहेक नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार, नेपाल बैङ्क लिमिटेडका उपत्यकाका ७ शाखा न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबारस्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १७ गतेसम्म सेवाग्राहीले नयाँ नोट लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री