बुधबार, १२ वैशाख २०८१

शिक्षक र कर्मचारीलाई ल्यापटप

rss २०७६ असोज ६ गते १७:२६

Advertisement

भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट नौ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी ६ लाख बराबरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमका बीच ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै विद्यालयमा गठित सगरमाथा टिन्स क्लबको आयोजना तथा वडा नं ५ को आर्थिक सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ । आज नै विद्यालयमा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री