शनिबार, ५ जेठ २०८१

आर्थिक संकट हुँदै जान्छ दुर, घरमा राख्नुहोस् यी ५ चीज

समयपोष्ट २०७६ असोज ६ गते ११:०७

Advertisement

वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । आजकाल त घर निमार्ण गर्नु पुर्व समेत वास्तुविद्संग सल्लाह लिएर मात्र निमार्ण सुरु गर्ने चलन आइसक्यो । के कुरा कुन स्थानमा निमार्ण गर्ने देखि कस्तो सामान कुन दिशामा राख्दा शुभ फल दिन्छ भनेर मानिसहरु निकै सचेत हुने गरेका छन् । यसो गर्नाले घरको आर्थिक संकट दुर हुने विश्वास गरिन्छ । बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा सुख र समृद्धि आउँछ ।

लाफिङ बुद्ध
आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ । लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ । बुद्धलाई समृद्धिका देवता मानिन्छ । बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ ।

सुनौलो माछा
घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ । यसले धन, मान, सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ । तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन ।

कछुवा
कछुवालाई शुभ जीव मानिन्छ । यसलाई घरमा राख्दा सफलता र धन–दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ । यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ ।

Advertisement

तीनवटा सिक्का
घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ । यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ । बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ ।

ड्र्यागनको जोडी
ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो । सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ । यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ । यसले पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिक मानिन्छ । यसमा अपार शक्ति हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री