शनिबार, ५ जेठ २०८१

९३ वर्षको उमेरमा मोडलिङ सुरु गर्ने यी हुन् एसियाकै सबैभन्दा जेठी मोडल

समयपोष्ट २०७६ असोज ५ गते १६:४२

Advertisement

लिस प्यान्ग एसियाकै सबैभन्दा जेठी मोडल बनेकी छिन् । ९६ वर्षकी एलिसलाई बुधबार मोडलिङ क्षेत्रकै जेठी मोडलको उपनाम दिइएको हो ।

फेशनेबल कपडा लगाउन शौखिन एलिसले अहिलेसम्म मोडलिङको दुनियाँमा कदम राख्नेबारे नसोचेको बताउँछिन् । उनले यसको श्रेय आफ्नी नातिनीलाई दिएकी छिन् । उनकी नातिनीले ६५ वर्षकी मोडल देखेपछि उनलाई मोडलिङ गर्न अभिप्रेरित गरेकी थिइन् ।

उनले भनिन्, ‘मोडलिङ मेरो लागि कुनै चुनौतीभन्दा कम थिएन । तर मैलै जीवनमा हरेक चुनौतीको सामना गरेकी छु । त्यसैले मैले मोडलिङ गरेरै छोड्ने अठोट लिएकी थिएँ । मलाई केहि थाहा थिएन तर मलाई मेरो म्यानेजरले धेरै कुरा सिकायो । मेरो मेकअप आर्टिस्ट र हेयर ड्रेसरको मेहेनतपछि मोडलिङमा झनै रुचि बढ्दै गयो । अब त यो फिल्डमा लागेको तीन वर्ष भयो ।’

Advertisement

उनी आफ्नो शरीर प्राकृतिक रुपमा नै फिट भएको दावी गर्छिन् । उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री