शुक्रबार, १४ वैशाख २०८१

असोज २९ गते सिटिजन लाइफको साधारणसभा आब्हान

समयपोष्ट २०७६ असोज ३ गते ११:५०

Advertisement

सिटिजन लाइफ इन्याेरेन्सले दोस्रो वार्षिक साधारणसभा डाकेको छ ।

कम्पनीले असोज २९ गते दिउँसो ३ बजे होटल हिमालयन, कुपण्डोल, ललितपुरमा साधारणसभा डाकेको हो ।

कम्पनीले साधारणसभामा चुक्ता पूँजी बृद्धि गर्न आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने छ ।

हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७५ करोड रुपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्ये कै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी साधारणसभाले खाली रहेको एक सञ्चालक समिति सदस्यकाे समेत चयन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री