शनिबार, १५ वैशाख २०८१

इन्फर्मड मान्छेहरुले अनइन्फर्मड मान्छेहरुको सेयर किन्न खोज्दा मार्केट ओरालो लाग्यो : अनलराज भट्टराईको बिष्लेषण

समयपोष्ट २०७४ भदौ २८ गते १०:४२

अहिले शेयर बजार ओरालो लाग्नुपर्ने कुनै कारण छैन । पहिले हकप्रद सेयरहरु जारी धेरै जारी भयो, अव अर्को बर्ष प्रतिफल के हुन्छ भन्ने डाउटमा मानिसहरुले बिक्री गरिरहेका छन, जसले बजार घ्यो भनिदैछ । त्यसलाइृ मैले भ्यालिड रिजन मान्दिन । अहिले सेयर घट्नुपर्ने कुनै कारणनै छैन । यो विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक ,धितोपत्र बोर्डले केही अध्ययन गरिहेकै होला । उहाँहरुले यसमा केही पोजेटिभ रेष्पोन्स गर्नै पर्छ । अहिले को अवस्थामा लगानीकर्ताहरुलार्ई प्रोटेक्सन नगर्ने हो भने नेपालको पुँजी बजार फेरी बढ्ने सम्भावना कम हुन्छ । इकोनोमि ७ प्रतिसत्मा ग्रोथ छ । राजनीतिक स्थिरता पनि छ । दुई ओटा तहको चुनाव हुन लागिरहेको छ । तरलता ब्यापक बढ्दैछ अहिले । यो बर्ष पनि त्यत्तिकै पोजेटिभ इक्भारवमेण्ट छ । नेपालको पराष्ट्र सम्बन्ध पनि राम्रो छ । दाताहरुले ठूला ठूला एडहरु उपलब्ध गराईरहेकै छन् । त्यसकारण मैले  बजार घट्नुपर्ने कारण नै देखिदैन ।

Advertisement

अहिले बिनाकारण शेयर मार्केट घट्नुमा कही कतैबाट प्रायोजित छ कि जस्तो लाग्छ । जो इन्फर्मड् मान्छेहरु छन् जस्तो आज मार्केट घटाएर सस्तोमा किन्न पायो भने त बढ्छ भन्ने हिसाबले प्रायोजित रुपमा बजार घटाइएको जस्तो लाग्छ । किनभने अहिले मार्केट डेप्थ हेर्यो भने सस्तो मुल्यमा किन्नेहरको दवाव देखिन्छ । किन्ने मान्छेले सस्तोमा किन्न खोजिरहेको देखिन्छ । मार्केट बढ्छ भन्ने अन्दाजमा कारोबार भैरहेको छ । कारोबारमा रकम सिग्निफिकेण्ली घटेको छैन । त्यसले गर्दा यो इन्फर्मड मान्छेहरुले अनइनफर्मड मान्छेहरुको सेयर किन्न खोजेको जस्तो देखिन्छ । त्यसकारण अहिले कसैले पनि सेयर नबेचेर होल्ड गरेर राख्दा राम्रो हुन्छ । यस्ता बेला लगानीकर्ताले सकिन्छ भने किन्ने नभए होल्ड गरेर राख्ने रणनिति अपनाउनुपर्छ ।
नियामक निकायको भुमिका
अहिले बैंकिंग सेक्टरबाट शेयर मार्केटमा जम्मा  ३८ अर्ब रुपैयाँ मात्र गएकोे छ । यो सेक्टर त्यति रिष्कमा छैन । यसलाई  कुनै मार्जिन राखेर ६० प्रतिसत्, ५० प्रतिसत् गर भनिरहनु आवश्यक छैन । बैंकले आफै रिष्क हेरेर दिनसक्ने भनेर करीब चार पाँच बर्ष अगाडी सेयरको लोनलाई फ्रि छोडिदिएको थियो  । त्यहि हिसाबले जानुपर्ने अवस्था अहिले देखिएको छ । किनभने रिष्क बैंकले आफैले लिने हो । यति गर भनेर रेटिंङ गर्न आवश्यक छैन । किनभने लोन नै छैन जम्मा ३८ अर्ब मात्र गएको छ । एउटा १९ सय अर्ब लोनमा जम्मा ३८ अर्ब सेयर बजारमा गएको लोनले बैंकिंङ सेक्टरमा रिष्क छ भन्नु राष्ट्र बैंकको बुझाईमा कमजोरी  देख्छु म ।

 अर्को नेपाल राष्ट्र बैंकले मनि सप्लाई बढाउँनु पर्ने हो । मनि सप्लाई भनेको सिसिडी रेसियो जुन छ त्यसलाई हटाएर लिक्विडी रेसियोलाई मेण्टेन गरेर नेपालमा कर्जाको वातावरण बढाईदिनुपर्छ । कर्जा बढाउन सक्ने क्षमता  बैंकलाई दिनुपर्छ । अनि सेबोनले आन्तरिक क्रियाकलाप र आन्तरिक ट्रेडिङ जुन भैरहेको छ त्यसलाई निरुत्साहि गर्न कारवाही गर्नुपर्छ । यि दुईवटा काम रेगुलेटरले गर्नुपर्छ । अर्थ मन्त्रालयले अलिकति स्ट्रोङ पोजिसनमा स्टेटमेण्टहरु निकाल्नुपर्यो कि यो सेयर मार्केटको क्षणिक मुभमेण्ट मात्र हो, यसमा आत्तिनुपर्दैन भनेर । अर्थ मन्त्रालय स्टक मार्केटको फेभरमा छ, क्यापिटल मार्केट बढाउन र स्टेबल गराउँन चहान्छ भन्ने म्यासेज दिनुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री