शुक्रबार, १४ वैशाख २०८१

‘टोपी र धोतीको समान सम्मान’ भन्दै गगन थापाले मधेशमा यसरी भोट मागे

समयपोष्ट २०७४ भदौ २८ गते ९:००

नेपाली काँग्रेसका नेता गगन थापा चुनावी अभियानका क्रममा रौतहट आइपुगेका छन् । रौतहटका दुई चुनावी कार्यक्रममा थापा सहभागी भएका छन् । चुनावी कार्यक्रमकाबीच उनले चन्द्रपुर वडा नं २ असनवा टेम्पो पार्कमा स्थानियलाई सम्बोधन गरे ।

Advertisement

चन्द्रपुर असनवाको कार्यक्रममा बोल्दै नेता थापाले संविधान जारी गर्ने जिम्मेवारी पुरा गरेर संविधान कार्यान्वयनको जिम्मा पुरा गर्न निर्वाचन गराउने काममा लागेको बताए ।नेता थापाले तराई मधेश काँग्रेसको प्राथमिकतामा रहेको बताए । मधेश र मधेशीको आत्मसम्मान काँग्रसको जीवन र संस्कृति रहेको उल्लेख गर्दै नेता थापाले एमालेले जस्तो मधेशीलाई दोस्रो दर्जाका नागरिक बनाइ नराख्ने बताए ।

थापाले भने, ‘काँग्रेस टोपी र धोतीको सम्मानका लागि लागिपरेको छ एमाले जस्तो यो सम्बन्ध भाड्न लागेको हैन ।’ तेस्रो चरणको स्थानिय चुनाव मात्र हैन अबको प्रदेशको चुनावमा पनि काँग्रेसले प्रदेश नं २ मा पनि सरकार बनाउने उल्लेख गर्दै प्रदेश सरकारबाट लिने सेवा सुविधाबाट लाभान्वित हुन पनि तराई मधेशका मतदाताले आफनो स्थानिय तहमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

नेपालको शान्ति समृद्धी र जातीय सदभावका लागि कांग्रेसले धेरै अपमान र गाली खाएको भन्दै थापाले देशको समस्याको निकास र बिकासका लागि काँग्रेसलाई मत मार्फत पुरस्कृत गर्ने समय आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री