शनिबार, ५ जेठ २०८१

महिलाले चाहिनेभन्दा धेरै पढ्दा यस्तो समस्या

समयपोष्ट २०७६ असोज १ गते १९:४०

Advertisement

पढाइको कुनै सीमा हुँदैन । विश्वविद्यालयको डिग्रीको सीमा भए पनि ज्ञान असीमित हुन्छ र कहिल्यै पढाइ पूरा भयो भन्ने दिन आउँदैन । तर, उक महिलालाई भने पढाइ चाहिनेभन्दा धेरै भएका कारण समस्या परेको भारतीय मिडिया आजतकले लेखेको छ । यी महिला भारतको चेन्नइकी हुन् । यी महिलालाई अदालतले पनि न्याय दिएन ।

महिलाले चेन्नइ मेट्रो रेल लिमिटेडमा जागिरको लागि निवेदन दिएकी थिइन् । उनले ट्रेन अपरेटर, स्टेशन कन्ट्रोलर, जुनियर इन्जिनियर पदका लागि आवेदन दिएकी थिइन् । तर, उनको योग्यता चाहिने भन्दा बढी भएको भन्दै आवेदन खारेज गरियो । यो निर्णयलाई चुनौती दिँदै उनले अदालतमा निवेदन दिइन् । तर, अदालतले पनि उनको निवेदन ‘उनको योग्यता आवश्यकताभन्दा बढी भएको’ भन्दै खारेज गरिदियो ।

यी सबै पदका लागि शैक्षिक योग्यता इन्जिनियरिङमा डिप्लोमा निर्धारण गरिएको थियो । ती महिला भने बीइ ग्रयाजुएट हुन् । महिलाले १ फेब्रुअरी २०१३ मा जागिरका लागि आवेदन दिएकी थिइन् ।

Advertisement

सोही वर्षको ३१ मार्चमा भएको अनलाइन परीक्षा उनले सफलतापूर्वका पास गरिन् । यो पदको लागि न्यूनतम योग्यता डिप्लोमा थियो तर महिलासँग इन्जिनियरिङको डिग्री थियो । यो पदका लागि भएको विज्ञापनमा अधिक योग्यता भएका व्यक्तिले आवेदन दिन नपाउने उल्लेख थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री