ओलीले दिएको शुभकामनाको जवाफ नेपाली भाषामा फर्काए मोदीले
समयपोष्ट
२०७६ भदौ ३१ गते १६:४३
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनमा दिएको शुभकामनाको जवाफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा फर्काएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन् ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ६९ औँ जन्मदिनमा मंगलबार गुजरातीसहित अंग्रेजी र हिन्दी गरी तीनवटा भाषमा जन्मदिनको शुभकामना दिएका थिए ।
प्रतिक्रिया