शनिबार, ८ वैशाख २०८१

लाज निकाल्नुपर्ने भन्दै निर्देशकले किस गर्न खोजे : जरिन खान

समयपोष्ट २०७६ भदौ ३१ गते ११:४३

Advertisement

नायिकाले कास्टिङ काउचबारे अचम्मित गरिदिने खुलासा गरेका छन् ।

जरिन खानले हालै एक अन्तरवार्तामा कास्टिङ काउचबारे बताएकी छिन् । एकपटक उनलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेको उनले जानकारी दिइन् ।

पिंकभिल्लालाई दिएको अन्तरवार्तामा जरिन खानले भनिन्, ‘जब म यो क्षेत्रमा नयाँ नयाँ आएको थिएँ तब मलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेका थिए । मैले आफूभित्रको लाज निकाल्नुपर्ने उनले बताएका थिए ।’

जरिन खानले बलिउडमा आफ्नो करियरको सुरुवात सलमान खानको फिल्म वीरबाट गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री