बिहीबार, १३ वैशाख २०८१

आज नेप्सेमा तीन कम्पनीको सेयरमुल्य समायोजन

समयपोष्ट २०७४ भदौ २७ गते ७:४६

नेपाल स्टक एक्सचेञ्चमा मंगलबार तीन कम्पनीको सेयर मुल्य समायोजन भएको छ । सेयर मूल्य समायोजन हुँने कम्पनीमा नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स, र कामना विकास बैंक रहेका छन् । आज नबिल बैंकको ३० प्रतिशत बोनस, फर्स्ट माइक्रोफानान्सको १५ प्रतिशत बोनस, कामना विकास बैंकको २१.५८ प्रतिशत बोनस र बोनसपछि ३० प्रतिशत हकप्रद सेयरलाई समायोजन गरि नयाँ मूल्य निर्धारण भएको हो ।

Advertisement

नबिल बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ३० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा समायोजित सेयरमूल्य १२५४ रुपैयाँ कायम भएको छ ।बैंकको १८० दिनको सेयरमूल्यलाई आधार मानेर नेप्सेले बैंकको औसत आधारमूल्य १५३५ रुपैयाँ कायम भएको जनाएको छ । त्यस्तै नबिल बैंकको ३० प्रतिशत बोनसपछि प्रमोटर सेयरको समोजितमूल्य ९०८ रुपैयाँ निर्धारण भएको छ ।फर्स्ट माइक्रोफाइनान्स कम्पनीको १५ प्रतिशत बोनसपछि ९०८ रुपैयाँ  मूल्य कायम भएको छ । माइक्रोफाइनान्सको औसत आधारमूल्य ९५७ रुपैयाँ रहेको छ ।

कामना विकास बैंकको २१.५८ प्रतिशत बोनस समायोजन पछि २९२ रुपैयाँ मूल्य र ३० प्रतिशत हकप्रदलाई समायोजन गर्दा २४८ रुपैयाँ कायम भएको छ । बैंकको आैसत आधारमूल्य बोनसपछि २५२ तथा हकप्रद समायोजनपछि २५० रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री