बिहीबार, ६ वैशाख २०८१

सनराइजले हकप्रदमा नबिकेको सेयर लिलाम गर्दै

समयपोष्ट २०७४ भदौ २७ गते ७:२८

सनराइज बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले हकप्रदमा नबिकेको सात लाख १० हजार ७४३ कित्ता सेयर लिलामीमा मार्फत बिक्री गर्ने भएको हो । बैंकले गत जेठ १६ देख असार १९ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । बैंकले  बिक्री नभएको सेयर शिलबन्दी बोलपत्रको लागि असोज ८ गतेदेखि २२ गतेसम्म बिक्री आह्वान गरेको हो । बैंकको शिलबन्दी बोलपत्रकालागि सर्वसाधारण समूहतर्फ न्यूनतम १०० रुपैयाँदेखि र न्यूनतम १०० कित्तादेखि आह्वान गर्न सकिने छ । संस्थापक समूहकालागि न्यूनतम एक हजार कित्ताबाट र अधिकतम बिक्री खुला गरिए जतिनै आह्वान गर्न सकिने बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। प्रस्तावित शिलबन्दी लिलाम असोज २३ गते सनराइज क्यापिटलमा खोलिने बैंकले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री