शनिबार, २८ असार २०८२

पत्रकार सम्मेलनस्थलमै कुटिए ज्ञानेन्द्र शाही

समयपोष्ट २०७६ भदौ २९ गते १५:४०

Advertisement

पत्रकार सम्मेलन गर्दै गर्दा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ । आइतबार ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार १ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् ।

सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नको जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।

आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीले शाहीलाई उद्धार गरेको छ । घटनास्थलमा खटिएका एकजना प्रहरी निरीक्षकका अनुसार सुरक्षा खतराबारे पहिले नै शाहीलाई जानकारी गराएपनि शाहीले प्रहरीको आग्रहलाई वेवास्ता गर्दा घटना भएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री