शुक्रबार, ७ वैशाख २०८१

मेगा बैंकको हकप्रद आजदेखि खुल्यो

समयपोष्ट २०७४ भदौ २७ गते ७:१३

मेगा बैंकले मंगलबारबाट हकप्रद सेयर निश्कासन गरेको छ । बैंकले चुक्ता पूँजीको ६५ प्रतिशतबाट हुन आउने दुर्इ करोड ९७ लाख कित्ता हकप्रद निश्कासन गरेको हो ।  बैंकको हकप्रदमा भदौ २७ देखि असोज ३० गतेसम्म आवेदन गर्न सकिनेछ । ०७३ माघ ६ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन ।बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल,मेगा बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ । बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री