बिहीबार, २० वैशाख २०८१

सोह्र श्राद्धमा ख्याल राख्नुहोस् यी पाँच कुरा, सधैँ भरिपुर्ण हुन्छ घर

समयपोष्ट २०७६ भदौ २९ गते १२:५९

Advertisement

पितृ पक्ष अथार्त सोह्र श्राद्ध शुरू भैसकेको छ । सोह्र श्राद्धको समयमा पितृको श्राद्ध र तर्पण गर्नाले पितृ देवतालाइ तृप्ति मिल्ने मान्यता रहि आएको पाइन्छ । हिन्दु धर्म अनुसार परिवारका मृत सदस्यलाइ पितृ देवताको रूपका पूजा गर्ने पुरानो चलन रहि आएको । पितृको आत्माको तृप्तिका लागि श्राद्ध पक्षमा पुण्य कर्म गरिन्छ ।

सोह्र श्राद्धमा ध्यान दिनु पर्ने कुराहरु

१, श्राद्ध या तर्पण गर्ने समयमा चांदीका भाडा प्रयोग गर्नु पर्छ । पितृलाइ अर्घ्य दिन, पिण्ड दान गर्न र ब्राह्मणलाइ भोजन गराउनका लागि चांदीका भाँडालाइ श्रेष्ठ मानिन्छ । यदि घरमा चांदीका भाँडा नभएमा काँसा वा तामाका भाडाको प्रयोग गर्नु पर्छ । यदि तामाका भाँडा नभएमा पातको टपरीमा खाना खुवाउनु राम्रो मानिन्छ ।

२, श्राद्ध कमका लागि गाईको घ्यु , दही दुधको उपयोग गर्नु पर्छ । पितृलाइ बालेको धूपलाई खालि जमीनमा राख्नुुहुँदैन । नराख्ने । रेशमको बल, कम्बल , ऊनको, कपडा कुशको आसनमा बसेर पुजा गर्नु पर्छ ।

Advertisement

३, पितृ पक्षमा ब्राह्मणलाइ खाना खुवाउने समयमा खाना कस्तो भएको छ भनेर प्रश्न गर्नु हुदैन । ब्राह्मणलाइ शान्तिसंग खाना खान दिनु पर्छ किनकि खाने समय सम्म ब्राह्मण मौन रहेर खाना खाए भने पितृ देवताले पनि भोजन ग्रहण गर्ने भन्ने मान्यता रहेको छ।

४, श्राद्ध पक्षमा यदि कोहि माग्ने व्यक्ति घरमा आएमा उसलाइ खाली हात पठाउँनु हुँदैन। उसलाइ खाना या दानदक्षिना दिएर पठाउनु पर्छ ।

५ , ब्राह्मणलाइ भोजन गराइ सकेपछि दानदक्षिना दिएर सम्मानका साथ विदा गनुपर्छ । सोह्र सराद शुरू भएपछि घरमा झगडा नगरी घरको माहोल शान्त राख्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री