बिहीबार, १३ वैशाख २०८१

यी महिला जसले पतिलाई डोरीले बाँधेर काँटिदिइन् लिंग

समयपोष्ट २०७६ भदौ २७ गते १४:४७

Advertisement

एक महिलाले श्रीमानलाई डोरीले बाँधेर धारिलो हतियार प्रयोग गरी श्रीमानको गुप्तांग काटिदिएकी छिन् । उक्त घटनाको जानकारी पिडित स्वयंमले दिए छन् । घटना मंगलबारको हो ।

उत्तरी क्यारोलिनाकी ५६ वर्षीय भिक्टोरिया थोमस फ्राबटले आफ्ना ६१ वर्षीय पति जेम्स फ्राबटलाई बाँधेर गुप्तांग काटिदिएकी हुन् । मेलअनलाइनका अनुसार न्युपोर्टको मरडोट रोडमा रहेको घरभित्रै उनले यो घटना घटाएकी थिइन् ।

लिंग काटिदिएपछि जेम्स ग्रीनभिलेस्थित भितान्त मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ । चिकित्सकहरुले उनको लिंगको उपचारपछि पनि काटिएको भाग जोड्न नसकिने बताएका छन् । अनुसन्धानकर्ताका अनुसार फ्राबटको काटिएको लिंग बरामद गरेका थिए ।

अंग चिसो हिउँमा राखेर अस्पताल लगिएको थियो । श्रीमानको लिंग काट्ने भिक्टोरियालाई प्रहरीले मंगलबारराति पौने ११ बजे नियन्त्रणमा लिएको थियो । उनीमाथि क्रुरतापूर्वक हमला गरेको र बन्धक बनाएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

उनले अब जमानतमा रिहा उनका लागि १ लाख डलर तिर्नुपर्नेछ । भिक्टोरियाले यसरी किन श्रीमानको लिंग काटिदिइन् भन्ने बारेमा प्रहरीले पनि कुनै जानकारी गराएको छैन ।

गत वर्ष पनि ताइवानमा एक महिलाले आफूलाई धोखा दिएको भन्दै पूर्व प्रेमीको लिंग काटिदिएकी थिइन् । ति महिलाले काटिएको लिंग पनि शौचालयको फ्लसमा बगाइदिएकी थिइन् ।

युवकले विवाह गरेपछि ती महिलामाथि धोखा दिएको पुष्टि भएको थियो । पूर्व प्रेमिको लिंग काट्दै उनले भनेकी थिइन्, ‘यो मेरो हुदैन भने अरु कसैको पनि हुन सक्दैन ।’

त्यसपछि महिलाले आत्महत्या गर्न अत्याधिक निद्रा लाग्ने औषधि सेवन गरेकी थिइन् । तर महिलालाई प्रहरीले उद्दार गर्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री