शुक्रबार, ७ वैशाख २०८१

बेडमा बसेका थिए एक जोडी सर्प,फोनमा ब्यस्त महिला ती माथि थचक्क बसेपछि..

समयपोष्ट २०७६ भदौ २७ गते १४:०५

Advertisement

फोनमा कुरा गर्दै गर्दा एक जोडी सर्प माथि बसेकी महिलाको सर्पले डसेर मृत्यु भएको छ ।

घटना भारतस्थित उत्तर प्रदेश गोरखपुर जिल्लाको हो ।

यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो ।

मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन् । उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन् ।

उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन् । सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृत्यु भयो ।

ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारिदिएको बताइन्छ ।

मिराको एक वर्षकी छोरी पनि छिन् । जतिबेला यो घटना भयो तब उनी आफ्नी काकीसँग अर्को कोठामा सुतिरहेको बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री