बिहीबार, २७ वैशाख २०८१

हिमालयन बैंकले ल्यायो अनलाईन मार्फत वस्तु तथा सेवाको खरीद बिक्री गर्ने कार्ड

समयपोष्ट २०७४ भदौ २६ गते ११:२३

हिमालयन बैंक लिमिटेडले आफ्ना् विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । अव उप्रान्त स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत वस्तु तथा सेवाको खरीद बिक्री डेविट वा क्रेडिट कार्ड प्रयोग गरी गर्न सक्नेछन् । 
बैंकले सन् २०१५ को जनवरी देखिनै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षितगरी नेपाली व्यापारी हरु माझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ । यसै सन्दभमा नेपाल सरकारलाई सन् २०१५ को भूकम्प पश्चात प्रधानमन्त्री भूकम्प सहायता कोषमा विभिन्न देशहरुवाट उपलब्ध सहयता रकम बैंकको ई कमर्स सेवा मार्फत संकलन भएको थियो । उक्त समय करीव अमेरिकी डलर ९३,५००।०० एचबीएल ई कमर्सको माध्यमद्वारा संकलन भएको थियो ।    
बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक टुसिटुपी थाइल्यान्ड सँगको सहकार्यमा शुरु गरेको हो र बैंकले हालै शुरु गरेको ई कमर्सको यस संस्करण अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरि विकास गरिएको हो । 
नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको शुरुवात गरेको हो जसले व्यवसाय गर्ने प्रविधमै क्रान्ति ल्याइदिएको छ । ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्ताराष्ट्रिय वजारमा विक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्नेछ । 
बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स आदि ले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् । यस विद्युतीय भुक्तानी प्रणाली थ्री डि सेक्युर प्रविधिमा आधारित भएको हुँदा यस प्रणालीमा रही डेविट तथा क्रेडिट कार्ड मार्फत गरिने सम्पूर्ण कारोवारहरु अत्यन्त सुरक्षित हुनेछन् । इ कमर्स गेट वे तथा कार्ड प्रविधिमा बैंकद्वारा प्रयुक्त यस प्रकारको उच्चतम सुरक्षा प्रविधिले गर्दा व्यापारी तथा ग्राहक दुवैलाई उच्च सुरक्षाको अनुभूति गराउनेछ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री