शुक्रबार, १४ वैशाख २०८१

बलिउड डेब्यु गर्नुअघि ९५ के.जी थियो सोनाक्षीको तौल,यसरी घटाईन् ३० के.जी

समयपोष्ट २०७६ भदौ २६ गते ११:०५

Advertisement

बलिउड डेब्यु गर्नुअघि अभिनेत्री सोनाक्षी सिन्हाको तौल ९५ किलो थियो ।

कडा मेहेनत गरेर उनले एकैपटक ३० किलो घटाएकी थिइन् । उनले तौलका कारण थुप्रै समस्या झेल्नुपरेको थियो । सोनाक्षीले भनिन्, ‘जब म कलेजमा थिए मेरो तौल ९५ किलो थियो ।’

उनले आफू सधैँ एउटा मोटी केटीको रुपमा परिचित रहेको अनुभव सुनाइन् । उनले स्कुल र कलेजमा मोटी भएकै कारण उपेक्षा सहनुपरेको थियो । तौलकै कारण उनलाई हरेक कुरामा साइड लगाइने पनि उनले सुनाइन् ।

मोटी हुनुको पीडा सुनाउँदै सोनाक्षीले भनिन्, ‘मलाई अझै याद छ, एक पटक मलाई मोडलजस्तै क्याट वाक गर्ने रहर जाग्यो । तर मलाई पातली केटीहरुले लाइट समाउन लगाए । मैले भने ‘किन ?’ उनीहरुले मेरो क्याट वाक गर्ने तौल नभएको भन्दै मजाक उडाए । मलाई ज्यादै दुख लाग्यो ।’

तर उनले पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको तर मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री