बिहीबार, १३ वैशाख २०८१

मजदुरबाट भने जबर्जस्ती १ प्रतिशत कर,कर्मचारीको १८ करोड मिनाहा गराउन परराष्ट्रको चलखेल

समयपोष्ट २०७६ भदौ २६ गते ९:०१

Advertisement

मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौँ रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ,आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ ।

तर कानुनले तोके पनि १० वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन् । अहिले यस्तो करको रकम १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । परराष्ट्र मन्त्रालयले यही कर बापतको रकम मिनाहा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री