बिहीबार, ६ वैशाख २०८१

‘भद्रगोल’बाट परिश्रमिक नपाएपछि ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

समयपोष्ट २०७६ भदौ २५ गते १७:१९

Advertisement

‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउने नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ ।

कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् ।

मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृङ्खला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘वरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री