शुक्रबार, १४ वैशाख २०८१

उर्मिला मातोन्डरकले पार्टी प्रवेश गरेको पाँच महिनामै दिइन् कांग्रेसबाट राजीनामा

समयपोष्ट २०७६ भदौ २५ गते १०:१६

Advertisement

सन् २०१९ को लोकसभा चुनावको ठिक अघि कांग्रेसमा समावेश भएकी बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले पाँच महिनापछि नै कांग्रेसबाट राजीनामा दिएकी छिन् ।

उनले राजीनामाको घोषणा पछि मंगलबार भनिन्, ‘मेरो राजनीतिक र सामाजिक बुझाई ठूला लक्ष्य हासिल गर्नु हो तर मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीका कारण म यस्तो गर्न सकिरहेको छैन ।’

उर्मिलाले लोकसभा चुनावमा उत्तर मुम्बई सिटबाट चुनाव लडेकी थिइन् तर भाजपा प्रत्याशी गोपाल शेट्टीले उनलाई हराएका थिए ।

उर्मिलाले राजीनामा पत्रमा लेखिन्, ‘पहिलो पटक राजीनामाको विचार त्यतिबेला आयो जब मे १६ मा मैले लेखेको पत्रमाथि तत्कालीन मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि यो गोप्य छलफललाई निकै सजिलै मिडियामा सार्वजनिक गरियो । यो ममाथि छल थियो ।’

लोकसभा चुनावको नतिजा अघि उर्मिलाले चिट्ठी लेखेर आफ्नो हारका लागि स्थानीय नेतामाथि औंला उठाएकी थिइन् । हारका लागि कमजोर रणनीति, कार्यकर्ताको नजरअन्दाज र पुँजीको कमीलाई जिम्मेवार बताएकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री