सोमबार, ७ जेठ २०८१

प्रियंकाले निकसँगको यो तस्विर सेयर गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले भने-तिमी उसको लायक नै छैनौं

समयपोष्ट २०७६ भदौ १८ गते १०:५६

Advertisement

नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् ।

वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए ।

एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’

Advertisement

एक अन्य प्रयोगकर्ताले लेखे, ‘तिमी उसको लायक नै छैनौं । तिमीलाइ उसको सही उमेर पनि थाहा छैन ।’

यस्तै, एक प्रयोगकर्ता लेख्छन्, ‘जब तपाईंले उमेर भिन्नतालाई कम गर्ने कोसिस गरे । उनी २६ वर्षका हुन् ।’

निकको जन्म १६ सेप्टेम्बर सन् १९९२ मा भएको थियो । यो हिसाबले उनी अहिले पनि २६ वर्षका छन् । ३७ वर्षकी प्रियंकाले डिसेम्बर २०१८ मा निकसँग विवाह गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री