१८ दिनसम्म लगातार हिँडेर अक्षयलाई भेट्न पुगे एक फ्यान

बलिउड अभिनेता अक्षय कुमारले सामाजिक संजालमा एक जना फ्यानको भिडियो र तस्विर शेयर गरेका छन् ।

Advertisement

अक्षयले भिडियो शेयर गर्दै लेखेका छन् ,‘ यी प्रभात हुन् । उनीसँग मेरो आज बिहान भेट भयो । यी मलाई भेट्नको लागि १८ दिनसम्म द्वारकाबाट पैदल हिँडेर मुम्बई आएका हुन् । यदी हाम्रा युवाले यस्तै खालको प्लानिङ र दृढ निश्चय आफ्नो लक्ष्य पाउनको लागि लगाए भने तिनलाई कसैले पनि रोक्न सक्दैन ।’

प्रभात नामका ती फ्यान अक्षयलाई भेट्नको लागि १८ दिन लगाएर ९०० किमी पैदल हिँडेर मुम्बई पुगेका थिए । अक्षयले प्रभातबारे एउटा अर्को पोस्ट शेयर गरेका छन् जसमा उनले यस्तो माया पाएर आफूलाई धेरै खुसी महसुस हुने लेखेका छन् ।

तर उनले यस्तो कामलाई बढावा नदिन पनि भनेका छन् । उनले युवालाई आफ्नो समय र ऊर्जा जीवन राम्रो बनाउनको लागि लगाउन आग्रह गरेका छन् ।

भिडियोमा प्रभातले अक्षयसँग कुरा गर्दै आफू उनको फ्यान भएको प्रमाणित गर्नको लागि हिँडेर आएको बताएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री