सोमबार, ७ जेठ २०८१

यी नायिकाले छतबाट हाम फालेर गरिन् आत्महत्या

समयपोष्ट २०७६ भदौ १७ गते १२:३७

Advertisement

बलिउडकी एक नायिकाले छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । २५ बर्षिय पर्ल पंजाबी नामकी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् । ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् । उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको पनि बताइन्छ ।

पर्ल जुन अपार्टमेन्टमा बस्थिन् त्यहाँका गार्डले घटनाबारे जानकारी दिएका हुन् । उनका अनुसार घटना करिब सवा १२ देखि साढे १२ को बीच भएको थियो । केही खसेको आवाज आएपछि आफूहरु कुदेर उनी भएठाउँ पुगेको उनले बताए । उनका अनुसार हाम फालेपछि उनको स्थिती निकै खराब थियो र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री