शुक्रबार, १४ वैशाख २०८१

स्पर्स लघुवित्तले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ भदौ १७ गते १२:२६

Advertisement

स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ।

सञ्चालक समितिको भदौ १६ गते सम्पन्न ५० औं बैठकले चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशत अर्थात एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.६८ प्रतिशत अर्थात ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री