सोमबार, ७ जेठ २०८१

टाइगर श्रोफ र दिशा पाटनीसंगको सम्बन्ध बारे यसो भन्छिन् दिदी कृष्णा

समयपोष्ट २०७६ भदौ १५ गते १३:४०

Advertisement

 

टाइगर श्रोफकी दिदी कृष्णा श्रोफले  टाइगर शत प्रतिशत सिंगल रहेको  बताएका छन् । कृष्णा ‘नथिंग टु हाइड’ नामको एक च्याट शोमा कुरा गर्दै दिशा पाटनी र आदित्य रोय कपुरलाई जोडीको रुपमा हेर्न चाहेको बताइन् । आफूले साँचो बोलेको भन्दै उनले भनिन्, ‘तपाईंलाई थाहा नै छ, म कहिले पनि झुटो बोल्दिनँ र हरेक कुराको एकदम स्पष्ट विचार राख्छु । टाइगर शत प्रतिशत सिंगल छन् । ’

हालै इन्स्टाग्रामको प्रश्नोत्तर सेशनमा जब एक सोशल मिडिया प्रयोगकर्ताले के उनी दिशा पाटनीलाई डेट गरिरहेका छन् भनेर सोधे, तब उनले भनेका थिए, ‘मेरो औकात छैन ।’ योसँगै उनले बाँदरको इमोजी पनि बनाएका थिए ।

 

Advertisement

 

जब दिशाले दिइन् रमाइलो प्रतिक्रियाः

केही समय अघि दिशाले पनि डेटिङको प्रश्नमा प्रतिक्रिया दिइसकेकी छिन् । उनलाई एक सोसल मिडिया प्रयोगकर्ताले उनलाई टाइगरसँगको आफ्नो सम्बन्धलाई किन स्विकारिरहेकी छैनन् भनेर सोध्दा दिशाले लेखेकी थिइन्, ‘म लामो समयदेखि कोसिस गरिरहेकी छु । धेरै वर्षदेखि उनलाई प्रभावित पार्ने कोसिस गरिरहेकी छु । मैले फिल्म ‘भारत’ मा अभिनय गरेँ जसमा स्टन्ट पनि गरेँ । सोचेकी थिएँ कि सायद ऊ प्रभावित होला । तर दुर्भाग्य । हो, हामी सँगै खाना खान गएका थियौं तर यसको अर्थ यो होइन कि ऊ मबाट प्रभावित भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री