शुक्रबार, १६ चैत २०८०

बचतकर्ताहरू ऋणपत्रमा लगानी गर्नुभन्दा मुद्दतिमा पैसा राख्न बढी उत्साहित देखिन्छन्

माछापुच्छ्रे बैंकका डेपुटी सीईओ सन्तोष कोइरालाको अन्तर्वार्ता

समयपोष्ट २०७६ भदौ १५ गते ११:२३

Advertisement

माछापुच्छ्रे बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

माछापुच्छ्रेबैंकको वित्तीय अवस्था एकदम सबल, सुदृढ छ । राष्ट्र बैंकले तोकेका हरेक ‘प्यारामिटर’मा अब्बल, उसले दिएका निर्देशन अनुपालन गरेको छ । राष्ट्र बैंकले दिएका निर्देशनमा भएका पछिल्लो पटकसम्म आएका कुनै पनि ‘रेसियो’मा यस बैंकको कमजोरी केही पनि देखिँदैन । हामी ‘कम्प्लायन्स’लाई अत्यन्त गम्भीरताका साथ लिँदै आएका छौँ ।

यो आर्थिक वर्ष के–कस्ता क्षेत्रमा ध्यान केन्द्रित गर्दै हुनुहुन्छ ?

हामीले विशेषत साना तथा मझौला प्रकारका उद्योगहरूमा, ट्रेडिङ बिजनेस, कृषि र रिटेल प्रोडक्टमा बढी ध्यान दिने गरी बजेट तर्जुमा गरेका छौँ । ‘डिजिटाइजेसन’मा हामी ‘फोकस’ गर्छौं । नयाँ–नयाँ लगानीका क्षेत्र पहिल्याइ कर्जा विस्तार गर्ने योजना छ ।

पछिल्लोपटक राष्ट्र बैंकबाट आएको निर्देशनले बैंकिङ क्षेत्रलाई कत्तिको प्रभाव पार्छ, स्पे्रडको नयाँ ‘क्यालकुलेसन’लाई बढी बैंकहरूले जोड दिनुका कारण के हो ?

मौद्रिक नीति र जसरी पछिल्लो चरणमा आएका निर्देशनले बैंकिङ प्रणालीलाई केही हदसम्म नियमन गर्ने कोसिस गरेको छ । बैंकर संघले हामीलाई यो यो कुरा गरिदिनुप¥यो भनेर पुनरावलोकनका लागि अनुरोध पनि गरेको छ । समग्रमा हेर्दा यसले परिसूचकमा कमजोर भएका बैंकहरूको बीचमा ‘रेगुलेट’ गर्ने गरेको छ । अर्को स्प्रेट रेटको नयाँ ‘क्यालकुलेसन’ले बैंकहरूको आम्दानीमा ठूलो प्रभाव पार्छ । हिजो दुई अर्बको पुँजी हुँदा नाफा २० करोड भएछ भनेजस्तो लाग्थ्यो । अथवा ३० करोड नाफा हुँदा १५ प्रतिशत रिटर्न दिने हो भन्ने हुन्थ्यो । आज आठ अर्बको ‘क्यापिटल’ हुँदा १५ प्रतिशत नाफा दिन झन्डै एक अर्ब ७० करोडभन्दा माथि नाफा कमाउनुपर्ने अवस्था छ । चार गुणाले ‘क्यापिटल’ बढ्दा त्यही हिसाबले नाफा बढ्न सकेन भने सेयर होल्डरहरूले पाउने रिटर्नमा फरक पर्ने हो ।

आज आठ अर्बको ‘क्यापिटल’ हुँदा १५ प्रतिशत नाफा दिन झन्डै एक अर्ब ७० करोडभन्दा माथि नाफा कमाउनुपर्ने अवस्था छ । चार गुणाले ‘क्यापिटल’ बढ्दा त्यही हिसाबले नाफा बढ्न सकेन भने सेयर होल्डरहरूले पाउने रिटर्नमा फरक पर्ने हो ।

बाहिर हेर्दा बैंकहरूले यति धेरै नाफा कमाए भन्ने हुन्छ तर वास्तविक रूपमा त्यो होइन । जब पुँजी दुुई अर्बबाट आठ अर्ब पुुग्यो । नाफा पनि त्यही हिसाबमा भएन भने सेयर होल्डर्सको जुन रिटर्न हुन्छ, त्यो खुम्चिएर जान्छ । दुई अर्बमा ३० करोड कमाउँदा पुुग्थ्यो भने न्यूनतम साइजको रिटर्न दिन पनि आठ अर्बमा दुई अर्ब कमाउनुपर्ने अवस्था भयो । त्यसकारण बैंकले कमाएको नाफाभन्दा पनि लगानीकर्ताले गरेको जुन लगानी छ त्यसमा रिटर्न कति पाए भनेर हेर्न जरुरी छ । बाहिर हेर्दा थुप्रो नाफा कमाए भन्दा पनि रिटर्न पाउने पुँजीको हिसाबमा १५ देखि २० प्रतिशतको बीचमा हो । बैंक भनेको स्प्रेडमा प्ले गर्ने संस्था भएको हुनाले यसले पब्लिकको निक्षेप लिन्छ र पब्लिकलाई नै कर्जा दिन्छ । त्यसैले राष्ट्र बैंकले नीति नियम बनाउँदा निर्देशन, उपकरण जारी गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय बजारलाई बुुझेर आइदियो भने अहिले बैंकिङ क्षेत्रबारेमा आएका भ्रम आमसर्वसाधारणसम्म सबैले प्रस्टसँग बुुझ्न सक्छन् ।

राष्ट्र बैंकले नीति नियम बनाउँदा निर्देशन, उपकरण जारी गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय बजारलाई बुुझेर आइदियो भने अहिले बैंकिङ क्षेत्रबारेमा आएका भ्रम आमसर्वसाधारणसम्म सबैले प्रस्टसँग बुुझ्न सक्छन् ।

स्प्रेडले गर्दा नाफा घट्ने भयो । त्यसैले यसले अव मर्जलाई कत्तिको आकर्षित गर्छ ?

मर्ज भएर जाँदा पनि स्प्रेड ‘मेन्टेन’ गर्नै पर्ने हुन्छ । एउटा निश्चित अवधि, यति समयमा मात्रै तिमीलाई ‘रिल्याक्ससेसन’ भनेको छ । आखिर त्योभन्दा पछाडि त ‘मेन्टेन’ गर्नैपर्ने हुन्छ । मर्जर गर्न त्यति सजिलो पनि छैन । त्यसमाथि उहाँहरूले काउन्टर ‘साइक्लिक वफर’का कुरा पनि गर्नुभएको छ । ‘क्यापिटल’ नै थप्नुपर्ने कुरा छन् । मर्जर गरिसकेपछि त्यसले त्यति ठूलो प्रभाव पार्ला र बजारलाई तरंगित बनाउलाजस्तो मलाई लाग्दैन ।

मौद्रिक नीतिले एक वर्षमा चुक्ता पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्ने भनेको छ । यहाँहरूले अहिले ऋणपत्र जारी गरी पनि राख्नुभएको छ । त्यो कत्तिको उत्साहजनक छ ?

सर्वसाधारणलाई ऋणपत्रबारेमा खासै जानकारी छैन । जुन प्रकारको प्रतिक्रिया हामीले पाइरहेका छौ, त्यो खासै उत्साहजनक छैन । बचतकर्ताहरू ऋणपत्रमा लगानी गर्नुभन्दा मुद्दतिमा पैसा राख्न बढी उत्साहित देखिन्छन् । यसको मुख्य कारण भनेको हामीले पनि बैंकरका हिसाबले बजारलाई बुुझाउन सकेका छैनौँ । यो उपकरण के हो भन्ने बारेमा बीमा कम्पनी र वित्तीय संस्थालाई अलि–अलि थाहा छ । नभएर अन्य नागरिकलाई यसबारेमा थाहा छैन । ‘रेट अफ रिर्टन’का हिसाबले राम्रै भए पनि सर्वसाधारणको उत्साहजक सहभागिता छैन । त्यसैले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र ‘फुल्ली सब्स्क्राइब्ड’ गर्न कठिन देखिन्छ तर हाम्रो ऋणपत्रमा ‘फुल्ली सब्स्क्राइब्ड’ गराउन सक्छौँ भन्ने विश्वास छ । मात्र दुुई दिन बाँकी छ । त्यो बेलासम्म हाम्रो शतप्रतिशत ‘सब्स्क्रिप्सन’ हुन्छ भनेर हामी लागिरहेका छौँ ।

हामीले पनि बैंकरका हिसाबले बजारलाई बुुझाउन सकेका छैनौँ । ऋणपत्र के हो भन्ने बारेमा बीमा कम्पनी र वित्तीय संस्थालाई अलि–अलि थाहा छ । नभएर अन्य नागरिकलाई यसबारेमा थाहा छैन ।

बैंकिङ क्षेत्रमा लामो समयदेखि लगानीयोग्य पुँजीको अभाव छ । यही सन्दर्भमा राष्ट्र बैंकले थप २१ प्रतिशत लगानी विस्तार गर भनेको छ । त्यो स्रोत जुट्ला ?

सरकारले असारको अन्तिममा गएर प्रशस्त खर्च गर्ने गरेको छ । सरकारले योजना गरेका जति पनि ‘प्रोजेक्ट्स’ र गर्नुपर्ने खर्च छ, त्यो नियमित गर्ने हो भने एक हदसम्म तरलता समस्या समाधान हुन्छ । मौद्रिक नीति, बजेटमा जुन आर्थिक वृद्धिको अपेक्षा गरिएको छ, अपेक्षकृत रूपमा सरकारी संयन्त्र परिचालन हुने हो भने त्यो सम्भव छ तर दुःखलाग्दो कुरा खर्च जहिले पनि वर्षको अन्तिममा हुने गर्छ । अहिले पनि बिस्तारै बजार टाइट हुने हो कि भन्ने ‘फिगरर्स’ आउन थालिसकेको छ ।

अन्य देशको तुलनामा नेपालमा धेरै ठूलो बजार छैन । सबैलाई थाहा भएकै कुरा हो रेमिट्यान्सले धानेको छ । धेरै ठूलो मात्रामा निर्यात हुन सकेको छैन । हामी आयातमा निर्भर छौँ । आवश्यकताभन्दा बाहेकका सामानलाई आयात गर्न अलि बन्देज गर्ने । निर्यातलाई बढी प्राथमिकता दिएर गर्ने खर्चलाई नियमित गर्ने हो भने आन्तरिक स्रोत जुट्दै नजुट्ने र लगानी अभाव नै हुने स्थिति होइन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री