शुक्रबार, १४ वैशाख २०८१

चीनले भारतसँग सहअस्तित्वका साथै अरु पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने

समयपोष्ट २०७४ भदौ २० गते १२:०८

चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिएका छन । 
चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिएका हुन । 
चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । 
उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राख्नुभएको सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ । 
चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति चिनफिङ्ले सो अवसरमा बताएका थिए । 
दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उनकोजोड थियो । यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको बिकास गर्नेमा उनले जोड दिए । 
उनिहरुबीच द्धिपक्षीय वार्ता भएको थियो । ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच सो वार्ता भएको बताइएको छ । 
ब्रिक्सको नवौँ सम्मेलन चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा सियामेन घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ । 
तीन दिनसम्म सञ्चालन भएको सो सम्मेलनद्धारा जारी उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको बिकासमा जोड दिएको राष्ट्रपति चिनफिङ्ले जानकारी दिए । 
चीन र भारतबीच अर्का छिमेकी देश भुटानको समेत सिमाक्षेत्रमा पर्ने दोक्लाममा हालैमात्र आआफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । 
त्यसयता यी दुई देशका नेताहरुबीच पहिलो पटक साक्षात्कार भएको छ । त्यसैले पनि यस भेटलाई विश्लेषकहरुले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । रासस÷ सिन्ह्वा÷एएफपी 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री