शनिबार, १५ वैशाख २०८१

आम युवकसंग विवाह गर्न जापानी राजकुमारीले राजपरिवार त्यागिन् (फोटोफिचर)

समयपोष्ट २०७४ भदौ १९ गते ६:१४

जापानी राजघरानाको नियम अनुसार राजपरिवारका कुनै पनि सदस्यहरुलाई आम नागरिकसंग सम्बन्ध स्थापित गर्न बन्देज लगाईएको छ । 
यसको बाबजुद जापानकी राजकुमारी माको उनकै कलेजका साथी केई कोमुरोसंग विवाह गर्दैछिन् । आम युवकसंग विवाह गर्न राजकुमारी माकोले आफ्नो शाही दर्जा छाड्दै आम महिलाको जिन्दगी जिउन तयार भएकी छिन् । 

Advertisement

jap3
जापानीको पब्लिक ब्रोर्डकास्टर एन एच के का  अनुसार राजकुमारी माकोले गएको मे महिनामा कोमुरोसंग इन्गेज्मेण्ट गरिसकेकी छिन् । इन्गेजमेण्टको बारेमा आधिकारिक रुपमा  यि जोडीले केही नबताएपनि आईतबार पत्रकार सम्मेलन मार्फत आफ्नो विवाहको भने खुलासा गरेका छन् ।

jap4

राजकुमारी माको जापानका राजा अकिहितोकी जेठी नातिनी हुन् । २५ बर्षिया राजकुमारी माकोले  टोकियो युनिभर्सिटीबाट ग्राजुयसन सकाएकी थिईन् । 
राजकुरमारी माको र केई कोमुरोको भेट पाँच बर्ष अघि सोही युनिभर्सिटीमा भएको थियो ।

japan 1

दुबै संगै पढ्ने साथी हुन् । कलेजको समयमा यि दुई एक अर्कासंग नजिकिएका थिए । केई पेशाले टुरिजम वर्कर हुन् भने माको एक म्युजियमकी रिसर्चचर हुन्  । जापानमा शाही परिवारका कुनै पनि सदस्यले आम नागरिकसंग सम्बन्ध कायम गरे उनीहरुलाई शाही परिवार छोड्नुपर्ने हुन्छ ।  

jap 2

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री