सोमबार, ७ जेठ २०८१

कहाँ छन् छवि र शिल्पा ?, प्रहरीले लोकेशन पत्ता लगाउन सकेन

समयपोष्ट २०७६ साउन १८ गते १४:३७

Advertisement

काल्पनिक कथामा रहेर अभिनयको व्यवसायमा काम गर्दे आएका छवी ओझा र शिल्पा पाखरेलको अहिलेको जिवनपनि कुनै चलचित्रको भन्दा फरक छैन ।

कानको जाली नै फुटाउने गरी पतिबाट हिंसा पाएको भन्दै असुरक्षित महसुस गरेर सुरक्षा माग्दै प्रहरीसम्म शिल्पा पुगेपछि दुईबिचको सम्बन्ध सार्वजनिक रूपमा छताछुल्ल भएको थियो।

छवि–शिल्पा प्रकरण डिभोर्स सम्म पुगेपछि आरोप प्रत्यारोप लगाउदै अलगै बसेको समयमा छविकी पहिली पत्नी हेमा ओझाको प्रेवशसँगै कहानीमा ‘ट्विस्ट’ आयो र प्रकरणको धार नै बदलियो।

सार्वजनिक रूपमा एकअर्काका गल्ती देखाउनमा व्यस्त यो जोडी अहिले भने एकाएक गुमनाम छ। कारण बन्यो दुवैविरूद्ध हेमाले दिएको जाहेरी।

Advertisement

हेमाले पति छविराज र ‘सौता’ शिल्पा दुवैविरूद्ध प्रहरीमा बहुविवाहको जाहेरी दिइन्। यो प्रकरणमा हेमाको प्रवेश पनि रहस्यमय बन्यो। कारण, छविका दुई पूर्वपत्नीहरू गीताञ्जली र नायिका रेखा थापा अनि हालकी शिल्पा पोखरेलका विषयमा मिडियामा धेरै अघिदेखि चर्चा परिचर्चा कायम थियो।

यसै क्रममा छवि र शिल्पाविरूद्धको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले बहुविवाह प्रकरणमा पक्राउ आदेश जारी गरेपछि अहिले दुवै गुमनाम फरार अवस्थामा रहदै आएका छन ।

अदालतको पक्राउ पुर्जी जारी भएको धेरै समय बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । स्रोतका अनुसार प्रहरीले उनीहरुको कहाँ छन भन्ने पत्ता लगाउन नसकेकोे बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री