सोमबार, ७ जेठ २०८१

दिया मिर्जाले पनि छाडिन् पति

समयपोष्ट २०७६ साउन १७ गते १२:२४

Advertisement

बलिउड अभिनेत्री दीया मिर्जाको ११ वर्ष लामो वैवाहिक सम्बन्धमा पुर्ण विराह्म लागेको छ ।

दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्ष लामो वैवाहिक सम्बन्धमा पुर्ण विराह्म लागेको हो ।

दीयाले आफ्नो सामाजिक संजाल एकाउन्टबाट यसको जानकारी दिएकी हुन । पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् ।

दीयाले इन्स्टाग्राममा ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको उल्लेख गर्दै सहमतिमा छुट्टिने निर्णय गरेको र सँधै साथी बनेर रहने तथा एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने बताएकी छन् ।

Advertisement

‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।

उनले पोस्टमा साथीभाइ, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छन्। त्यस्तै उनले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छन् ।

दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री