मंगलबार, ४ वैशाख २०८१

फोर्ड गाडीको ‘क्यासमा क्यास अफर’,८० हजार देखि चार लाख सम्म छुट,गाडी सट्टापट्टा समेत गर्न सकिने

समयपोष्ट २०७४ भदौ ९ गते १२:०३

नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता गो अटोमोवाइल्सले चाडपर्वलाई लक्षित गरी 'क्यासमा क्यास अफर' सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत फोर्ड गाडीको खरिदमा ग्राहकले नियमित क्यास छुटका साथै लक्की ड्र मार्फत नगद ८० हजार देखि चार लाख सम्मको अतिरिक्त नगद छुट पाउने छन् । यस अफरमा कुनै पनि ब्राण्डको गाडीसँग सट्टापट्टाको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो अवधिमा फोर्ड गाडी किन्नेलाई तीस हजारसम्मको अतिरिक्त सामान पनि दिइने कम्पनीले जनाएको छ।

Advertisement

कम्पनीका अनुसार बुकिङ्गमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछन् र उक्त कोड कम्प्युटर प्रोग्राम मार्फत अतिरिक्त छुट हुने छ । फोर्डले आफ्नो गाडीहरुमा ८० प्रतिशतसम्म फाइनान्सको व्यवस्था गर्नुका साथै ८.९९ प्रतिशत व्याजदरमै उपलब्ध गराउने जनाएको छ। यो योजना फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेन्जर र एन्डेभरमा लागू हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री