सोमबार, ७ जेठ २०८१

नेपाली चेली बनिन् मिस इङ्गल्याण्डकी दोस्रो रनर अप

समयपोष्ट २०७६ साउन १७ गते १०:०६

Advertisement

 

नेपाली चेली प्रतिष्ठा राउतले मिस इङ्गल्याण्डको दोस्रो रनर अप बन्न सफल भएकी छिन् ।प्रतिष्ठाले आफू मिस इङ्गल्याण्ड २०१९ को आधिकारिक दोस्रो रनर अप भएको जानकारी फेसबुकमार्फत् भिडियो पोष्ट गरेर दिएकी छिन् ।यसका साथै उनले च्यारिटीका लागि सबैभन्दा धेरै राशी जम्मा गर्न सफल भएकी छिन् । मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल भएकी छिन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको छ ।

Advertisement

And I’m the official second runner up of Miss England 2019

Posted by Miss England 2019 Finalist – Pratishtha Trish Raut on Thursday, August 1, 2019

प्रतिक्रिया

सम्बन्धित सामाग्री