शुक्रबार, १४ वैशाख २०८१

राजधानीमा ‘नाडा अटो शो’ सुरु, (फोटो फिचर)

समयपोष्ट २०७३ भदौ १४ गते १४:१३

नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा ‘नाडा अटो शो’ सुरु भएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले काठमाडौंको भृकुटीमण्डपमा मेलाको उदघाटन गरे ।

Advertisement

maharaउदघाटनपछि संचारकर्मीसंग कुरा गर्दै उनले अटो उद्योगको दिर्घकालिन हितका लागि सरकारले सहयोग गर्ने बताए । ’सरकार देशको कुनै पनि क्षेत्रको व्यवसायीक प्रवर्द्धनको लागि तयार छ, उनले भने (जसले गर्दा देशको राजश्व बृद्धि होस् ।’  
tata

 महराले बिभिन्न ब्राण्डका सवारी साधनको उदघाटन पनि गरे ।  उनले आइएमई अटोमोटिभ्सले ल्याएको  युएमका रेनेगेड स्पोर्ट्स एस र रेनेगेड कमान्डो मोटरसाइकल सार्वजनिक गरे । महिन्द्राको सुप्रो भ्यान र म्याक्सि ट्रक सार्वजनिक तथा अपग्रेड भएर आएको टिभिएसको अपाचे आरटिआर २०० मोटरसाइकल सार्वजनिक गरे । यस्तै उनले ताइवानमा निर्मित प्रिमियम स्कुटर एसवाइएमका दुई मोडल, सुजुकीको ब्रेजा एलडिआई कार,  मोजो मोटरसाइकल तथा सुजुकी स्कुटर सार्वजनिक गरेका थिए । 
IMG_7062

अटो मेला भदौ १९ गतेसम्म चल्ने छ । नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पांग्रे , १५ वटा ब्राण्डका दुई पांग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टस्का पनि स्टल छन् । अटो शोमा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने कम्पनीहरुले बताएका छन् । प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

IMG_6941 copy

मेलमा झण्डै २ सय करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरु छन् । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहेका छन् । 

gg

honda

IMG_6838

IMG_7066

vv

cc

3

IMG_6975

hero

vg

agani

yamaha

gg

hh

honda

ktm

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री