सोमबार, ७ जेठ २०८१

सुष्मिता सेनका भाइ बुहारीको हनिमुनबाट फर्किएलगत्तै खटपट !

समयपोष्ट २०७६ साउन १६ गते ९:४२

Advertisement

बलिउडकी चर्चित नायिका सुष्मिता सेनका भाइ राजीव सेन र बुहारी चारु असोपाको एक महिनाअघि विवाह भएको थियो । दुबैको केही दिन अघिमात्रै हनिमुन समाप्त भएको थियो । तर यो छोटो समयमा यी दुईबीच खटपट सुरु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुष्मिताकी बुहारीले कविता शैलीमा आफू र श्रीमानको सम्बन्धबारे लेखेकी छिन्, ‘चुप हुँदा जिन्दगी उत्कृष्ट तरिकाले बितिरहेको थियो, जब मौनता बोल्न थाल्यो तब बबाल भयो ।’

यतिमात्र होइन, सुष्मिताका भाइ राजीव र चारुले इन्स्टाग्राममा एक–अर्कालाई अनफलो पनि गरेका छन् । यी दुईले एक अर्कालाई हेर्न पनि नचाहेको भारतीय संचारमाध्यमले लेखेका छन् । यी दुईले विवाहको डेढ महिनाभित्रै आफ्नो सोसल अकाउन्टबाट एक–अर्काको तस्बिर हटाएका छन् । दुबैले हालै आफ्नो प्रोफाइल फोटोमा विवाहको फोटो हटाएर सिंगल फोटो राखेका छन् ।

सुष्मिताका भाइ राजीवले डेढ महिनाअघि जून १६ मा टिभीकी नायिका चारु असोपासँग विवाह गरेका थिए । त्यसपछि यी दुई हनिमुनमा गएका थिए । दुबैको हनिमुनका तस्बिर सोसल मिडियामा निकै भाइरल भयो । तर अचानक यी दुईबीच अचम्मको दुरी पैदा भयो ।

Advertisement

दुबैको सम्बन्धबारे धेरैले चासो व्यक्त गरिरहेका छन् । राजिवलाई केही प्रशंसकले उनीहरुको विवाहबारे सोध्न सुरु गरेका छन् । केही रिपोर्टले यो पनि दाबी गरिरहेको छ कि राजीवलाई विवाहबारे प्रश्न सोध्ने व्यक्तिलाई उनले तत्काल ब्लक गरिरहेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री