शुक्रबार, १४ वैशाख २०८१

एभरेष्ट बैंकको नाफा १ अर्ब ९८ करोड रुपैयाँ

समयपोष्ट २०७४ भदौ २ गते ५:५५

एभरेष्ट बैंकले गत आर्थिक बर्षमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो ‍आर्थिक बर्षमा एक अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक बर्षमा बैंककको नाफा १४ प्रतिशत्ले बृद्धि भएको हो ।  

Advertisement

 बैंकले गत आर्थिक बर्षमा तीन अर्ब ७३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  अघिल्लो आर्थिक बर्षमा बैंकले तीन अर्ब २२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकले गत आर्थिक बर्षमा ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले एक आर्थिक बर्षमा ४ अर्ब ६० करोड रुपैयाँको चुक्ता पूँजी बढाएर ५ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। 

गत आर्थिक बर्षमा बैंकको पूँजी कोष अनुपात बढेको छ। बैंकको एक आर्थिक बर्षमा २.१९ प्रतिशत बिन्दुले बढेर १४.८५ प्रतिशत पुगेको हो । बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर ०.५१ प्रतिशत पुगेको छ ।  गत आर्थिक बर्षमा  बैंकको प्रति शेयर आम्दानी  ४३ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा  बैंकको प्रति शेयर आम्दानी ६५ रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री