शनिबार, ८ वैशाख २०८१

अब रिंगरोडमा दिउँसो मालबाहक सवारी चलाउँन नपाईने,ट्राफिक जामको समस्या कम होला ?

समयपोष्ट २०७४ भदौ १ गते ८:२४

बिहीबारबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधन उपत्यकाको रिंगरोडमा गुड्न नपाउँने भएका छन् । राजधानीमा हुँने अत्याधिक ट्राफिक जामलार्इ कम गर्न सरकारले यो नियम लागु गरेको हो । 

Advertisement

 विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाइएको यातायात ब्यवस्था विभागले जनाएको छ ।

पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुँनेछैन । उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ ।

अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यदि यो नियम उल्लंघन गरे ५ हजारसम्म जरिवाना लाग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री